बाँकेका शैक्षिक अगुवा डा. राज कुमार सेबेदीले यस बर्षको संस्कृतिक बिधामा मध्यपश्चिम बिकास क्षेत्रको क्षेत्रीय प्रतिभा पुरस्कार प्राप्त गर्न सफल भएका छन् । नेपाल सरकारले हरेक वर्ष संस्कृति, संगीत तथा नाट्य, ललितकला र भाषा तथा साहित्य गरी चार विद्यामा पुरस्कार प्रदान गर्दै आएको छ । सोही अन्तरगत मध्यपश्चिम क्षेत्रमा साहित्य बिद्यामा सेवेदीलाई प्रदान गर्न लागेको हो ।

13689656_575983325922932_58700019_nजन्म थलो दाङको फुलवारी १ अम्वापुर भएका उनी अहिले बाँकेमा शिक्षण पेशामा कार्यरत छन् । उनका अनुसार आफुले संस्कृतिमा पु¥याएको योग्दानको कदर स्वरुप नेपाल सरकारले पुरस्कृत गर्न लागेको हो । सम्मानित हुने ब्यक्तिलाई नेपाल सरकारले ५० हजार रुपैया सहित मन्त्रालयबाट सम्मान पत्र प्रदान गर्ने गर्छ ।