जिल्ला पशु सेवा कार्यालय दाङले व्यवसायीक पशुपालक किसानहरुलाई निशुल्क रुपमा वहुवर्षे घाँसका विरुवा वितरण गर्न सुरु गरेको छ ।
घाँसमा आधारित पशुपालनमा किसानलाई अभिप्रेरित गर्न जिल्ला पशुसेवा कार्यालय दाङले निशूल्क रुपमा वहुवर्षे घाँसका विरुवा वितरण गर्न सूरुगरेको जिल्ला पशुसेवा कार्यालय दाङका पशु चिकित्सक रमेश प्रशाद नेपालीले वताए ।

alaichi-biruwa-300x220दानामा आधारित पशुपालन हुँदा दुध तथा मासु उत्पादनमा लागत वढने तर उत्पादित कृषि उपजको मुल्य यथावतै हुँदा किसानको आर्थिक वृद्धि हुन कठिन भएकाले घाँसमा आधारित पशुपालन गर्दा मासु तथा दूध उत्पादनमा लागत घटाउन कार्यालयले वहुवर्षे घाँसमा किसानलाई अनुदानमा विरुवा उपलब्ध गराएको पशुचिकित्सक नेपालीलले वताए ।

कार्यालयले ३४ हजार विरुवा र ८ क्विन्टल विउ वितरण गर्न लागेको जिल्ला पशुसेवा कार्यालय दाङले जनाएको छ । वहुवर्षे घाँसमा डाले घाँस तर्फ ६ हजार,नेपियर २८ हजार र ८ क्विन्टल ज्वाइन्टमेज घाँसको विउ वितरण गर्ने पशु चिकित्सक नेपालीले वताए ।

कार्यालयले नवलपरासी र जिल्लाका प्राईभेट फर्ममा उत्पादित घाँसका विरुवा खरिदगरी पशुपालक किसानहरुलाई वितरण सुरु गरेको जानकारी दिएको छ ।

३४ हजार विरुवा र ८ क्विन्टल ज्वान्टभेज वहुवर्षे घाँसको खरिदमा ५ लाख लागत खर्च लागेको कार्यालयले जनाएको छ । यसअघि पञ्चुलेमा वहुवर्षे घाँसका विरुवा वितरण गरेको कार्यालयले आइतवार लालमटिया क्षेत्रका किसानहरुलाई त्यस्ता घाँसका विरुवा वितरण गरेको छ । केही दिनमै शान्तिनगर, उरहरी र धनौरीमा पनि वहुवर्षे घाँसको विरुवा वितरण गरिने जिल्ला पशुसेवा कार्यालय दाङले जनाएको छ । व्यवसायीक ११ पशुपालक किसानहरुलाई समेत वहुवर्षे घाँस उपलब्ध गराउने योजना रहेको कार्यालयले जनाएको छ ।