कास्की, २ साउन
बाटो तथा नाला निमार्ण उपभोक्ता समिति हेमजाको सक्रियतामा पोखरा २७ हेमजाको साझामा गोल चौतारी निमार्ण भएको छ ।
समिति तथा स्थानीय बासिन्दाको जनश्रमदान तथा करिब २० हजार लागतमा चौतारी निमार्ण भएको हो । बटुवा तथा बाटो हिड्ने जो कोहीलाई थकाइ मेटाउन सजिलो होस् भनेर चौतारी निर्माण गरिएको स्थानीय समाजसेवी दुर्गाप्रसाद तिमिल्सिनाले बताउनुभयो ।
गाउँघरतिर चौताराको चलन हराउँदै गएकाले आफूपछिको पुस्ताको निम्ती पनि चौतारा निर्माण गर्नुपर्ने उहाँको भनाइ छ ।।