नवलपरासी, २ साउन
नारायणी नदीले बगाएर एक बालक बेपत्ता भएका छन् । नवलपरासीको पक्लीहवा गाविस वडा नम्बर ५ बेलवानी बस्ने १६ वर्षका सन्दीप बिन बेपत्ता भएका हुन् ।
बाढीले बगाएर ल्याएको दाउरा संकलन गर्न जाने क्रममा नदीमा पसेका उनी बेपत्ता भएका रामनगर प्रहरी चौकीका ईन्चार्ज रिक्तबहादुर आलेले जानकारी दिनुभयो ।
नदीमा बेपत्ता भएका बालकको स्थानिय बासिन्दा र प्रहरीको सक्रियतामा खोजी कार्य भैरहेको उहाँले बताउनुभयो । नदीमा पानीको बहाव उच्च भएकाले खोज्न कठिन भएको प्रहरीले जनाएको छ ।।