ओमप्रकाश गुप्ता
सिसहनियाँ २ साउन ।
सामुदायिक मेलमिलाप केन्द्र सिसहनियाँको अनुभव आदान प्रदान कार्यक्रम आइतवार सिसहनियाँ ८ मझेरियामा सम्पन्न भएको छ । केन्द्रका सदस्य कमलनारायण चौधरीको अध्यक्षता एवम् समाजसेवी तथा बुद्धिजिवी बामदेव चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रका संयोजक परशुराम चौधरीले केन्द्र स्थापना देखि हाल सम्म ६४ ओटा मुद्दा दर्ता भई ५१ ओटा सहमतीमा मिलेको १२ ओटा असहमती भएको र १ ओटा मुद्दा केन्द्र बाहिर रिफर गरिएको जानकारी गराउनु भएको थियो । feature

साथै उहाँले ३ महिनाको अवधीमा मात्रै ११ ओटा मुद्दा मध्ये ८ ओटा सहमती, ३ ओटा मुद्दा असहमती भएको जानकारी गराउनु भयो ।

केन्द्रका सदस्य कुशुम चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सेलर्डका परियोजना संयोजक अर्जुन कुमार अधिकारी, नेकपा माओवादी केन्द्रका शान्तराज शर्मा, राजमोका माधवप्रसाद आचार्य, थरुहट तराईपार्टी नेपालका पाटेश्वरी प्रसाद चौधरी, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटका विष्णुप्रसाद चौधरी, सञ्चारकर्मी ओमप्रकाश गुप्ता, विहानी रेडियो स्रोता समुहकी अध्यक्ष रविता चौधरी र मेलमिलाप कर्ता विद्याशरण चौधरी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन केन्द्रका कोषाध्यक्ष तारा घिमिरेले गर्नु भएको पत्रकार ओमप्रकाश गुप्ताले जानकारी दिनु भएको छ ।।