घोराही, २ साउन
घोराहीवाट पक्राउ परेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओबादीका कार्यकर्तालाई प्रहरीले छोडेको छ । सर्लाहीमा सुकुम्बासी माथी सरकारले ज्यादती गरेको भन्दै माओबादीले आज दाङसहित देशभर विहान ९ बजे देखी ११ बजे सम्म गरेको चक्काजाममा संलग्नलाइ प्रहरीले पक्राउ गरेको थियो ।
गाडि सञ्चालनमा रोक लगाउन खोज्ने ८ जनालाई प्रहरीले घोराहीको तुलसीपुर चोकबाट नियन्त्रणमा लिएकाहरुलाई सम्झाई बुझाई गरेर छोडिएको दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिनुभयो ।
चक्का जाममा उत्रिएपछि माओबादी घोराही नगर इन्चार्ज सहदेब थारु विहानी सहित जिल्ला सदस्य विक्रम खतिवडा, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य प्रकाश शाही, युवा जनस्वयमसेवकका पाटन जंगली, आरके पाण्डे, पृथ्वी, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष हेमन्त जिसी र सचिव मदन केसीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
सरकारले सर्लाहीको हरीवनका सुकुम्बासीहरु बस्दै आएका क्षेत्रमा जोडर लगाउनुका साथै बस्तीमै आगजनी गरेर पिडित किसानहरुलाई दमन गरेको बिरोधमा सांकेतिकरुपमा दुई घण्टा चक्काजामको आह्वान गरिएको माओबादीका जिल्ला सेक्रेटरी बलवहादुर वली शितलले जानकारी दिनुभयो ।।