काठमाडौं, २१ असोज । यात्रुवाहक सवारीसाधनलाई आजदेखि रुट परमिट (सडक अनुमति) नचाहिने व्यवस्था गरिएको छ । चाड पर्वलाई मध्यनजर गर्दै सरकारले रुट परमिटविनै जुनसुकै ठाउँमा जान सक्ने व्यवस्था गरेको हो । आजदेखि कोजाग्रत  पूर्णिमासम्म यात्रुवाहक सवारीसाधन जुनसुकै ठाउँमा जान सक्नेछन् ।

busत्यसैगरी सरकारले दशैलगायत चाडपर्वमा आवत–जावतलाई सहज बनाउन बुधबारदेखि सबैभन्दा बढी व्यस्त हुने नारायणघाटदेखि काठमाडौंसम्म ठूला सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।

यातायात व्यवस्था विभागका अनुसार खाद्यान्नलगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने साधनलाई भने रोकिनेछैन । ट्रेलरलगायतका  ठूला सवारीसाधनलाई भने ३ कात्तिक (कोजाग्रत पूर्णिमा) सम्म रोक लगाएको विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिएका छन् ।