बर्दिया, २ असोज । बँदेललाई मार्न राखेको विद्युतीय पासोमा परेर एकै परिवारका तीन जनाको ज्यान गएको छ ।

karentaबर्दियामा बँदेल मार्न राखेको करेन्टको पासोमा परेर ठाकुरबाबा ३ का ३२ वर्षका बालकृष्ण थारु, उनकी श्रीमती २९ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षकी बेलमती थारुको ज्यान गएको हो ।

बर्दिया प्रहरीका अनुसार गएराति १० बजेतिर एक जनालाई करेन्ट लागेको र बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेर ज्यान गएको हो । पासो थाप्ने ८३ वर्षका राजबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।