इन्द्रेणी संवाददाता

दाङ, १ असोज ।

गलबन्दी नयाँ नयाँ छ,

जहाँ जाउ जे गरौं दौतरी  मुटु भरी तम्रै माया छ ।

यी माथिका पङ्तिहरु न कुनै कविता पङ्ती हुन् त न गजलका सेर नै । यी हुन् चर्चित गायक शनि विश्वकर्माले विश्वकर्मा पुजाको दिन लिएको कोसेली लोकप्रिय म्यूजिक भिडियोका गीतका टिप्सहरु । शनिले हालै मात्रै ‘नयाँ गलबन्दी’ म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । सार्वजनिक म्यूजिक भिडियोमा शनि र गायिका देवीकला केसीको आवाज रहेको छ ।

सुनिल क्षेत्रीको निर्देशनमा निर्माण गरिएको ‘नयाँ गलबन्दी’ मा चर्चित अभिनेता पल शाह र अभिनेत्री वर्षा राउतको छ । नेपाली टिपिकल शब्दहरुको संगालो रहेको उक्त म्यूजिक भिडियो मनोरम, अकर्षक क्षेत्रमा छायाँकन गरिएको छ । गीतको लय शब्द सृजन शिव हमालको रहेको छ । यो म्यूजिक भिडियो सार्वजनिक भएपछि स्रोतका रोजाइ बनेको छ ।

(163) Naya Galbandi (नयाँ गलबन्दी)| Shani Bishwokarma, Devika KC, Shiva Hamal | Paul Shah, Barsha Raut M/V – YouTube