काठमाडौं, २२ भदौ । सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशपछि नेकपा एमाले र एकीकृत समाजवादी विभाजन भएपछि जनप्रतिनिधिलाई दल रोज्नका लागि दिएको समय आज सकिँदै छ ।

election officeएमाले विभाजन भएर माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादी र जनता समाजवादीपार्टी (जसपा) विभाजन भएर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी गठन भएपछि आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई विभाजित दल रोज्न दिएको समयको आज अन्तिम दिन हो ।

दल विभाजन भएको २१ दिनको समय पुग्ने गरी २२ भदौसम्म प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्ने समय दिएको थियो ।

निर्वाचन आयोगले देशैभरबाट संकलन भएको सनाखतको तथ्यांक आयोगमा आइपुग्न एक हप्तासम्म समय लाग्न सक्ने अनुमान गरेको छ । आयोगका सहप्रवक्ता कोमल धमलाले जिल्ला र प्रदेशमा मंगलबार नै त्यसबारे जानकारी आए पनि आयोगसम्म आइपुग्न समय लाग्न सक्ने बताए ।