दाङ, २१ भदौ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत दाङमा आज वडा तहको अधिवेशन हुदैछ । नयाँ नेर्ततवका लागि विहान ७ बजेबाट मतदान शुरु हुने नेपाली कांग्रेस दाङले जनाएको छ ।
जिल्लामा आज सोमबार करिब तीन दर्जन बढी वडामा अधिवेशन गर्न लागेको जिल्ला सभापति कीर्तिबहादुर खड्काले बताए । अधिवेशनको तयारी हुँदैगर्दा ५० वटा वडामा भने सर्वसम्मत नेतृत्व चयन भइरहेको बताइएको छ । अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुने छन् ।











