काठमाडौं, १९ भदौ । सीमा विवादको विषयमा छानबिन समिति बनाउने सरकारको निर्णयपछि चीनले नेपालसँग कुनै सीमा विवाद नरहेको बताएको छ ।

nepal-chinaहुम्लाको नाम्खा क्षेत्रमा भएको सीमा विवादको विषयमा छानबिन समिति बनाउने सरकारको निर्णय गरेको थियो ।
नेपालमा रहेको चिनियाँ दूतावासले यसबारेमा यसअघि नै नेपाल सरकार आफैँले स्पष्ट पारिसकेको उल्लेख छ ।

‘सन् १९६० को दशकमा नै नेपाल र दुई देशले मैत्रीपूर्ण छलफलबाट सीमा विवाद हल गरिसकेको छ,’ चिनियाँ राजदूतावासका प्रवक्ता लुअन सिउतानले बताएकी छन्। केही समयअघि नेपाल र चीनबीच सीमा विवाद छ भन्दै केही व्यक्तिगत शक्तिहरुले उचाल्न खोजे पनि नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर स्पष्ट पारिसकेको उनको भनाइ छ ।