काठमाडौं, १९ भदौ । करीव २४ वर्षपछि वामदेव गौतमले एमाले छोडेका छन् । २०५४ मा एमाले विभाजनको नेतृत्व गरेका उपाध्यक्ष गौतमले शुक्रवार मात्रै एमाले परित्याग गर्दै अध्यक्ष केपी ओलीलाई राजीनामा बुझाएका छन् ।

bamdeb gautamगौतमले शुक्रबार पार्टी कार्यालय, थापाथली पुगेर केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङमार्फत अध्यक्ष ओलीलाई सम्बोधन गर्दै राजीनामा बुझाएका हुन्। राजीनामापत्रमा गौतमले अध्यक्ष ओलीकै गलत विचार, प्रवृत्ति र शैलीका कारण एमालेमा रहिरहन असमर्थ रहेको बताएका छन् ।

एमाले परित्यागलगत्तै गौतम माधवकुमार नेपाल नेतृत्वको नवगठित नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारीमा छन् । नेकपा एसका अध्यक्ष नेपालले गौतमलाई वरिष्ठ उपाध्यक्ष बनाउने प्रस्ताव गरेका छन् ।