सल्यान, १८ भदौ । सल्यानको कपुरकोट सोलावाङ्गमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । दाङबाट रुकुम पश्चिमका लागि जाँदै गरेको रा १ ख १७९२ बस सल्यान कपुरकोट ३ मा दुर्घटना भएको हो ।

accdentघाइतेहरूलाई उपचारका लागि राप्ती क्षेत्रीय अस्पताल दाङ पठाउने क्रम जारी रहेको कपुरकोट प्रहरी चौकीका इन्चार्ज यामबहादुर बस्नेतले जानकारी दिएका छन् । गाडीमा २८ यात्रु सवार रहेका थिए ।