पर्वत, १८ भदौ । लगातारको वर्षातका कारण पर्वतमा पहिरो जाँदा पाँच जनाको ज्यान गएको छ । जिल्लाका विभिन्न ठाउँमा पहिरो जाँदा पाँच जनाको ज्यान गएको छ भने तीन जना बेपत्ता भएका छन् ।

pairo

Photo file

कुस्मा नगरपालिका वडा नं. ३ दुर्लुङमा ५ जना पुरिएकोमा २ जना मृत अवस्थामा फेला परेका छन् । एकै घरका ५ जनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव निकालिएको छ भने ३ जना वेपत्ता छन् ।

यस्तै कुश्मा नगरपालिका ११ पकुवामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ३५ वर्षीय दुर्गा पौडेल र उनका ६ वर्षका छोरा गणेश पौडेल रहेका छन् ।