sf7df8f}F, @& ;fpgM gjlgo'Qm l3l;ª kbef/ ;DxfNb} g]kfn ljB't k|flws/0fsf gjlgo'Qm sfo{sf/L lgb]{zs s'ndfg l3l;ª a'waf/ sfof{nodf kbef/ ;DxfNb} . tl:a/M k|bLk/fh jGt÷/f;;

इन्द्रेणी संवाददाता
काठमाडौं, २७ साउन । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका कुलमान घिसिङले आज बुधबार दिउँसो पदबहाली गरेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय पुगेर नियुक्तिपत्र बुझ्नुभएपछि नवनियुक्त प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले पदबहाली गरेका हुन् । उनलाई प्राधिकरणमा कर्मचारीहरुले स्वागत गरेका थिए ।

सो अवसरमा घिसिङले सरकारले दिएको निर्देशनअनुसार आफूले काम गर्ने र नेपालको ऊर्जा क्षेत्रको हाइटलाई अझै माथि उठाउने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

त्यस्तै कार्यकारी निर्देशक घिसिङले प्राधिकरणको कामलाई नागरिकको अपेक्षाअनुसार अघि बढाउन नयाँ गतिका साथ काम गर्न पनि मातहतका कर्मचारीलाई आग्रह समेत गरे । घिसिङ करिब ११ महिनापछि पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका हुन् ।

२०७३ भदौ २९ को मन्त्रिपरिषदको निर्णयबाट घिसिङ प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।सो अवधिमा लोडसेडिङ अन्त्य गर्नुका साथै वर्षौंदेखि घाटामा गएको संस्थालाई नाफामा ल्याएका थिए ।

नेपालमा दैनिक १८ घण्टासम्म लोडसेडिङ भइरहेको अवस्थामा कार्यकारी निर्देशकमा नियुक्त भएपछि घिसिङले आफ्नो कार्यकालको पहिलो वर्षमै उपत्यकामा लोडसेडिङ अन्त्य व्यवस्थापन गरेका थिए ।