देउखुरी, २७ साउन । राप्ती गाउँपालिकाको सहकार्यमा वातावरण र कृषिको क्षेत्रमा दाङमा काम गर्दै आएको नामसालिङ्ग सामुदायिक विकास केन्द्रले जलबायु परिवर्तन अनुकुलन गाउँ निमाणर्का लागि काम सुरु गरेको छ ।
राप्ती गाउँपालिकाको वडा नं २ मा पर्ने बाउनीपाटा गाउँलाई जलबायु परिवर्तन अनुकुलन गाउँ निमाणर्का लागि काम सुरु गरिएको नामसालिङ संस्थाका कार्यक्रम संयोजक विनोद कुमार निरौलाले जानकारी दिए ।
पहाडी बस्तीको रुपमा रहेको बाउनीपाटा गाउँलाई पछिल्लो जलबायु परिवर्तनका कारण मानव जीवन, सामाजिक आर्थिक विकास, कृषि उत्पादन, जैविक विविधता, पर्यटकीय विकास आदि क्षेत्रमा नकारात्मक असर पुर्याउन थालेको महसुस गरी सो क्षेत्रलाई अनुकुलीत गाउँ निमाणर्का लागि काम सुरु गरिएको संयोजक विनोद कुमार निरौलाले बताए ।
पछिल्ला वर्षहरुमा अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, सुख्खाजस्ता प्राकृतिक विपद्को जोखिम समेत बढिरहेको अवस्थामा बाउनीपाटा गाउँमा बस्ने नागरिकलाई अनुकुलनका बारेमा जानकारी गर्दै जलबायु परिवर्तन अनुकुलन योजना समेत निर्माण गरी कार्यन्वयमा ल्याइने नामसालीङ संस्थाका दाङ संयोजक शशांङ्क वावु आचार्यले जानकारी दिए ।
बाउनीपाटा गाउँलाइ करिव ६ महिनाको प्रयासमा पुणर् अनुकुलीत गाउँ निमाणर् गरिने योजना सहित ७ सदस्यीय समिति समेत निर्माण गरिएको छ । समितिको संयोजकमा केयर सिंहं तारन मगर सचिवमा सिता भण्डारीलाई चयन गरिएको छ ।











