घोराही २७ साउन। नेकपा माओवादी केन्द्र घोराही उपमहानगरपालिका १७ ले नयाँ वडा समिति विस्तार गरेको छ ।
नेकपा विभाजनपछि आ आफ्नो ठाउँमा फर्किएको माओवादी केन्द्रले सङगठन सुदृढ तथा विस्तार अभियानको क्रममा आज बुधवार घोराही १७ अक्षरधाममा एक कार्यक्रम गरि वडा समिति निर्माण गरेको हो ।
वडा अध्यक्ष र सचिव नगर समितिले चयन गरेपश्चात धमाधम वडा समिति विस्तार अभियान अन्तर्गत पदम केसीको अध्यक्षतामा ३९ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको थियो । केन्द्रका अध्यक्ष पदम केसीको अध्यक्षतामा भएको बैठकमा लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा दाङ जिल्ला सचिव सुवास पुनले सर्वोच्चको फैसलाले र केपी प्रवृत्तिको अहम्कारले पछाडि फर्कनु परेको बताए ।
अहिले पार्टी फरक ढङ्गले जनता समक्ष पुग्ने योजना अनुर सङगठन विस्तार अभियानलाई जोड दिएको बताउदै सचिव पुनले वडा हुदै टोल, सेल र गाउँ सम्म पुग्नुपर्ने बताए ।
कार्यक्रममा माओवादी केन्द्रका जिल्ला सदस्य उमान्द खनाल, घोराही उपमहानर समितिका कार्यालय सदस्य प्रकाश चौधरी ,नगर सदस्य तथा वडा अध्यक्ष खुसीराम चौधरी, प्रेमा गैरे लगायतले बोलेका थिए ।











