इन्द्रेणी संवाददाता
वुटवल, २७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष राजीनामा दिएका हुन् ।

sankarपोखरेलको राजीनामासँगै विपक्षी गठबन्धनको तर्फबाट माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।
बुधवार बिहान बसेको नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव सामना गर्ने वा राजीनामा गर्ने भन्ने निर्णय गर्ने अधिकार संसदीय दलका नेता पोखरेललाई दिएको थियो ।

विपक्षी गठबन्धनले मुख्यमन्त्रीविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । प्रदेश प्रमुखले दिउँसो १ बजेका लागि प्रदेश सभाको विशेष अधिवेशन आव्हान गरेका थिए । अधिवेशनमा मुख्यमन्त्री पोख्रेल विरुद्ध परेको अविश्वासको प्रस्ताव टेवुल गर्ने कार्यसूची थियो । पहिलो पटक नेकपाको तर्फबाट मुख्यमन्त्री भएका पोखरेल दोस्रो पटक संसदीय दलको सबैभन्दा ठूलो दलको हैसेतमा भएका थिए । उनी ४१ महिना २४ दिन मुख्यमन्त्री भए ।