इन्द्रेणी संवाददाता
वुटवल, २७ साउन । लुम्बिनी प्रदेशको विशेष अधिवेशन आज बोलाइएको छ । प्रदेश प्रमुखले आह्वान गरेअनुसार अधिवेशनको तयारी सम्पन्न भइको छ ।

lumbini pradeshकार्यसूचीअन्तर्गत बैठकमा विपक्षी गठबन्धन दलहरूले मुख्यमन्त्री शंकर पोखरेलको सरकारविरुद्ध तेस्रोपटक दर्ता गरेको अविश्वास प्रस्ताव टेबल हुँदैछ ।

पटकपटक दर्ता गराए पनि टेबल हुन नसकेको अविश्वास प्रस्ताव लुम्बिनीमा प्रदेश प्रमुख परिवर्तन भएसँगै बुधबार टेबल हुन लागेको हो । चार महिनायता विपक्षी गठबन्धनमा रहेका दलहरूले मुख्यमन्त्री पोखरेलको सरकार अल्पमतमा रहेको दाबी गर्दै आएका छन् ।