तिर्थराज ज्ञवाली
देउखुरी, २४ साउन । राप्ती गाउँपालिका कृषि विकास शाखाले कृषकले मल नपाएको विषयमा गुनासो आएपछि अनुगमन सुरु गरेको छ ।

IMG_7797राप्ती क्षेत्रका सहकारद्धारा वितरण गर्ने ब्यवस्था मिलाइएकोमा विभिन्न स्थानबाट कृषकले अति न्युन मल पाएको, रकम बढि तिर्न परेको, मलको गुणस्तर, तौलका विषयमा गुनासो गरेसंगै अनुगमन सुरु गरेको छ ।

अनुगमन समिति संयोजक जगदम्वा कुमारी चौधरीको संयोजकत्वमा ८ वटा वडाहरुमा मल वितरण गर्ने सहकारीमा अनुगमन थालिएको कृषि विकास अधिकृत महेश अधिकारीले जानकारी दिए ।

अनुगमन समिति संयोजक जगदम्वा कुमारी चौधरी, कृषि विकास अधिकृत महेश अधिकारी, कृषि सामाग्री कम्पनी लिमिटेड लमही शाखाका निमित्त कार्यालय प्रमुख घनश्याम कहार, कृषि अधिकृत अनील अधिकारी, कृषि प्राविधिक सहायक सीमा भट्ट लगायतको टोलीले आइतवार समेत वडा नं २ र ४ का सहकारीमा अनुगमन गरिएको छ ।

अनुगमनको क्रममा गाउँपालिकाले तोकेको मुल्यमा सहकारीले कृषकलाई मल दिए नदिएको, मल तौलका लागि प्रयोगहुने तराजुको प्रकार, मल भण्डारण गर्ने भण्डारकक्ष, मल विक्रि वितरण गर्दा कृषकलाई सहकारीको विक्रिविल प्रतिलिपी, कृषक परिचय पत्र, वितरण क्षेत्र लगायतका विषयमा अनुगमन गरिएको छ ।