इन्द्रेणी संवाददाता

दाङ, २४ साउन । पत्रकार अजयदीप शर्माकी आमा स्वर्गीय लोककुमारी रिजाको ५ औं स्मृतिमा रक्तदान गरिएको छ । सो अवसरमा पत्रकार अजयदीप शर्मा र जनक नेपालीले रक्तदान गरेका थिए ।

afafयसैबीच प्रेस संगठन दाङका संयोजक प्रकाश चौधरीले साउन २४ गते प्रेस सङ्गठन नेपाल दाङले नियमित रुपमा स्वर्गीय लोककुमारी रिजालको स्मृतिमा श्रद्धाञ्जली सभा गर्दै आएको यसवर्ष कोरोना जोखिमले सम्भव नभएको भन्दै स्व। रिजालप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उनले विज्ञप्तिमार्फत श्रद्धाञ्जली व्यक्त गरेका हुन् । साथै स्व। रिजालको नाममा स्थापना गरिएको पुरस्कार समेत सहज परिस्थितिमा प्रदान गरिने बताइएको छ ।