काठमाडौं, २४ साउन। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाले पार्टीमा एकताका लागि अध्यक्ष केपी शर्मा ओलीलाई अन्तिम मौका भउको बताएका छन् ।
शनिबार दोलखा काठमाडौं सम्पर्क मञ्चको भर्चुअल बैठकलाई सम्बोधन गर्दै नेपालले आफूहरु सम्मानजनक एकताकै पक्षमा रहेकाले अध्यक्ष ओलीले यस्तो मौका चकुकाउन चेतावनी दिए ।
नेता नेपालले ओलीमा भएको व्यक्तिवाद र दक्षिणपन्थी विचलन नै अहिलेको समस्या भएको बताए । अहिलेसम्म आफूहरु सम्मानजनक एकताकै पक्षमा रहेको, तर अनन्तकालसम्म वार्तामा बसेर नहुने उनले बताए ।
श्रीमान् र श्रीमतीबीच विवादमा त डिभोर्स हुने भन्दै नेता नेपालले भने, ‘यदि केपी ओलीले भित्तामा पुर्याउन खोज्छन् भने हामी अर्को विकल्पका निम्ति तयार हुनुपर्छ’, नेपालले भने ।











