इन्द्रेणी संवाददाता
दाङ, १९ । दाङ प्रहरीले गौवध गरेको मुद्दाका फरार दोषी पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही ५ धर्ना बस्ने ४८ वर्षका निमबहादुर सार्की रहेका छन् ।
सार्कीलाई गौवध गरेको मुद्दामा दाङ देउखुरी जिल्ला अदालतले २०७७ माघ २० गते एक वर्ष ६ महिना कैद सजाय फैसला गरेको थियो ।
सार्कीलाई प्रहरीले घोराही ५ मै लुकिछिपी वसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ पछि उनलाई अदालतमा बुझाएको छ ।











