इन्द्रेणी संवाददाता
साउन १९, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

koronaaआज मंगलवार कुल १६ हजार ७१८ जनाको नमूना परीक्षण गर्दा ३ हजार ३८३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१० हजार ६३८ जनाको नमूना पिसिआरबाट र ६ हजार ८० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । वितेको २४ घण्टामा २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३२ हजार ५९ पुगेको छ ।