
काठमाडौं, १९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया थाल्न निर्देशन दिएका छन् ।
ऊर्जा मन्त्री पम्फा भुसाललाई प्रधानमन्त्री देउवाले बोलाएर प्राधिकरणका प्रमुख हितेन्द्रदेव शाक्यसँग राजीनामा माग्न र कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया थाल्न निर्देशन दिएका हुन् ।
सरकारले प्रधानमन्त्री शेरबहादुर देउवा र ऊर्जा मन्त्री भुसालले अहिलेका प्रमुख हितेन्द्रदेव शाक्यको कामप्रति असन्तुष्टि जनाउँदै कुलमान घिसिङलाई नै ल्याउने तयारी थालेका हुन् ।










