इन्द्रेणी संवाददाता
दाङ, १९ । दाङमा प्रहरीले चाइनिज अटोमेटिक पोस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत सिद्धार्थनाथ जिल्ला नगरपञ्चायत बढनी ३ बस्ने २२ वर्षका करमुल्लाह आमिर र सोही पञ्चायत वडा नं. ८ का १९ वर्षका राजा खान रहेका छन् ।

ffffउनीहरुलाई सोमवार दाङको गढवा गाउँपालिका १ जुनौलीस्थित पूर्व–पश्चिम राजमार्गबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनीहरुले त्यहाँ पेस्तोलको कारोवार गर्दै गरेको गोप्पे सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी प्रमुख सुरेश काफ्लेले बताए । उनीहरुबाट एक थान अटोमेटिक पेस्तोल सो पेस्तोलका गोली २ थान २ थान म्याग्जीन, मावाइल बरामद गरेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनी दुबै जना अबैध हातहतियारका कारोवारी भएको र उक्त पेस्तोल दाङका केही हतियार राख्न सोकिन र अपराधिक गतिविधिमा सम्भावित संलग्न व्यक्तिहरुसँग ३ लाखमा विक्रीका लागि बाग्रेनिङ गरिरहेको खुल्न आएको छ । प्रहरीले उनीहरुलाई मंगलवार सार्वजनिक गरेको हो ।