इन्द्रेणी संवाददाता
काठमाडौं, १८ साउन । पछिल्लो २४ घण्टामा थप ३ हजार १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१० हजार ६१३ नमूना पिसिआर परीक्षण गर्दा २ हजार २७९ जनामा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ३ हजार १९८ जनाको परीक्षण गर्दा ८४६ जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ८९८ पुगेको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३१ हजार ६२९ छ । सोमवार १ हजार ९२५ जना निको भएसँगै हालसम्म ६ लाख ५८ हजार १२२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।











