दाङ, १८ साउन । लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी खत्री ओली एमालेमा फर्किएकी छन् । दाङको निर्वाचन क्षेत्र नम्बर ३ )ख) बाट चुनाव जितेकी ओलीले आफू नेकपा एमालेमा रहेको स्पष्ट पारेकी छन्। आज सोमबार विज्ञप्ति निकालेर उनले आफू एमालेमा भएको जानकारी गराएकी हुन् ।

aa

aaa

“म निर्वाचित भएर प्रदेशसभामा क्रियाशील हुँदै गर्दा पार्टीप्रति मेरो केही गुनासा थिए। एउटा पार्टी कार्यकर्ताको नाताले पार्टीप्रति मेरा र पार्टीको मप्रति गुनासा हुनु स्वभाविकै थियो, ती गुनासा र अविश्वासलाई विश्वासमा बदल्दै म नेकपा एमालेप्रति प्रतिबद्ध रहेको र नेकपा एमाले प्रदेशसभा संसदीय दलको सदस्य रहेको स्पष्ट पार्न चाहन्छु”-  विज्ञप्तिमा भनिएको छ ।

आफू सूर्य चिन्हबाट चुनाव जितेको र अहिले सूर्य चिन्ह एमालेको रहेको हुँदा माओवादी रोज्ने कुरा कानुनी रूपमा ठिक नभएकोले एमालेमा रहेको उनले स्पष्ट पारेकी छन्। केही समय यता उनी माओवादी नेताहरूको सम्पर्कमा आएकी थिइनन्। उनी एमालेमा प्रवेश गरेको भन्ने चर्चा भइरहेको थियो।