इन्द्रेणी संवाददाता
काठमाडौं, १६ साउन । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव चयन भएका छन् । संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले संसदीय दलको नेतामा उपेन्द्र यादवलाई सर्वसम्मतिले चयन गरेको हो।
यादवको प्रस्तावकमा संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई र समर्थकमा महेन्द्र राय यादव गरेका थिए । आजको बैठकमा महन्थ ठाकुर पक्षका केही सांसद भने उपस्थित भएका थिएनन् ।











