तुलसीपुर, १७ साउन । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेको निर्देशनमा सडक ग्राबेल गरिएको छ । ढकना– फुलबारी जोड्ने सडक बर्षातका कारण हिलाम्य हुँदा आवतजावतमा समस्या भएपछि नगर प्रमुखको निर्देशनमा त्यहाँ ग्राबेल गरिएको हो ।

218107067_1008927473217296_2437023740491031666_nनगरपालिकाका जेसिवी, टिपर प्रयोग गरेर जीर्ण सडक मर्मत तथा ग्राबेल गरिएको तुलसीपुर उपमहानगरपालिका–१३ स्थानीय युवा मोहन पौडेलले जानकारी दिनुभएको छ । यस मर्मतपछि १२ र १३ नम्बर वडाका स्थानीयलाई आवतजावत गर्न सहज हुने भएको छ ।

यसैबिच नगर प्रमुख पाण्डेको नेतृत्वमा सो सडक खण्डको अनुगमण गरिएको छ । अनुगमण टोलिमा तुलसीपर उपमहानगरपालिका नगर प्रवक्ता श्याम डाँगी, १३ नम्बर वडाका निमित्त वडा अध्यक्ष विनोद पाण्डे, यान्त्रीक शाखा प्रमुख केशव डाँगी, मेयरको सचिवालय सदस्य धर्मराज वली लगाएतको सहभागीता रहेको थियो ।