इन्द्रेणी संवाददाता
काठमाडौं, १६ साउन। नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

koronana९ हजार २६३ ओटा नमूनाको पीसीआर परीक्षण गर्दा २ हजार २८० र ४ हजार २५६ ओटा नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८२६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सो अवधिमा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ८५७ पुगेको छ । विगत २४ घण्टामा देशभर १ हजार ९१६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।