Senior orthopedic surgeon at Tribhuvan University Teaching Hospital (TUTH) Dr Govinda KC begins his sixth fast-unto-death strike demanding reforms in Health Education Policy based on the recommendations of Kedar Bhakta Mathema committee report on Monday, August 31, 2015. Photo: THT

काठमाडौं – चिकित्सा क्षेत्रको सुधारको मागसहित प्रा.डा. गोविन्द केसी आठौंपटक अनसन बसे पनि सरकार ‘टस न मस’ छ । सरकार बदल्ने खेलमा लागेका नेताहरुको ध्यान केसीको स्वास्थ्यमाभन्दा सिंहदरवारको कुर्सीमा तानिएपछि उनको मागमा सरोकारवालाको चासो देखिएको छैन । अनसनले स्वास्थ्य गलेको छ, तर उनको आत्मविश्वास घटेको देखिएको छैन ।

Senior orthopedic surgeon at Tribhuvan University Teaching Hospital (TUTH) Dr Govinda KC begins his sixth fast-unto-death strike demanding reforms in Health Education Policy based on the recommendations of Kedar Bhakta Mathema committee report on Monday, August 31, 2015. Photo: THT

शनिबार पनि डा.केसी एक्लै आँखा चिम्म पारेर पल्टेका थिए । त्यहाँ संस्कृतको कुनै गितीमय श्लोक बजिरहेको थियो । एकजना नर्स भित्र पसिन् र केसीको ब्लडप्रेसर जाँचिन् । नर्स बाहिरिएपछि केसीले केही बोल्ने प्रयास गरे ।

एउटै मागमा आठ–आठ पटक बसे पनि कुनै पनि सरकारले संवेदनशीलता नदेखिएको भन्दै उनले असन्तुष्टि पोख्दै थिए । उनले आफ्नो मागमा खुलेर निस्कनुपर्ने चिकित्सकहरु पनि आतंकका कारण निस्किन नसकेको बताए । यति के बोलेका थिए, उनी एक्कासी भक्कानिएर रुन थाले ।
डा। केसी बोलिरहँदा खाट तल राखिएको ‘निहोन कोडेन’ मनिटरमा हरियो झिलिक–झिलिक बलिरहेका थियो । सँगै विप–विपको आवास सुनिरहेको थियो । तर, केसी रुन थालेपछि नै मोनिटरमा एकाएक खतराको संकेत गर्ने साइरनसँगै रातो बत्ती बल्न थाल्यो । यो क्रम करिव एक मिनेट सम्म जारी रह्यो । आजको कान्तिपुर दैनिकमा खबर छ ।
रातोपाटी बाट साभार