ब्राउन सुगरसहित ३ जना पक्राउ
इन्द्रेणी संवाददाता
दाङ, ७ साउन । दाङमा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले बुधवार बेलुका तुलसीपुर १ पैयाखोरे बस्ने प्रेमप्रकाश विक र १४ वर्षका किरण विकलाई नियन्त्रणमा लिएको हो ।

Untitled-1 copyउनीहरुलाई चेकजाँचका क्रममा घोराही १३ डुमरगाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रेमले चलाएको रा ५ प ८५१५ नम्बरको मोटरसाइकलको पछाडि सवार किरणले आफूले लगाएको मास्कमा लुकाएको ३ पुरिया ब्राउनसुगर समेत नियन्त्रणमा लिएको छ ।

त्ययसैगरी तुलसीपुर ६ भिआइपी टोलकी ४६ वर्षिया चामु कुमारी विकलाई पनि लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ । विकलाई बुधवार ७ ग्राम ब्राउन सुगरसहित प्रहरीले नियन्त्रणमा लिएको हो । तीनै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द प्रसाद रिजालले बताएका छन् ।