काठमाडौँ, ५ साउन । कोरोना संक्रमणका कारण स्थगित कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन मसान्तबाट सुरु गरिने भएको छ । विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुने र विगतको जस्तै १०० पूर्णाङ्कको लिखित परीक्षा लिइने भएको हो ।
विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा सञ्चालन गर्न अनुमति दिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले बताए ।
यसअघि बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्न (सीसीएमसी) सँग अनुमति मागेको थियो । अब एक–दुई दिनभित्रै बोर्डको बैठक बसेर परीक्षाका बारेमा कार्यतालिका सार्वजनिक गर्ने छ ।











