काठमाडौं, २८ असार । विपक्षी गठबन्धनले सर्वोच्च अदालतको प्रमादेशअनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन तयारी थाल्ने निर्णय गरेको छ ।
आज बेलुका कोटेश्वरमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाको बैठकले शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन तयारी शुरु गर्ने निर्णय गरेको हो ।
सर्वाेच्चका निर्णयअनुसार देउवालाई प्रधानमन्त्री बनाउने र नयाँ सरकारलाई नागरिकको हितमा काम गर्ने, कोरोना महामारी नियन्त्रण र नागरिकलाई खोप दिने लगायतका विषयमा केन्द्रित गर्ने बैठकले निर्णय गरेको जसपाका नेता तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले जानकारी दिएका छन् ।











