घोराही, चैत्र  । नेपाली कथानक चलचित्र पर्शुरामको दाङमा शुभमुर्हुत गरीएको छ । ब्ल्याक चिल्ली इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्र पर्शुरामको शुक्रवार घोराहीको अम्विकेश्वरी मन्दिरमा भब्य  कार्यक्रमको आयोजना गरी चलचित्र पर्शुरामको शुभमुर्हुत गरीएको हो । चलचित्रको शुभमुर्हुत दाङ जिल्ला उद्योग वाणिज्य सघका उपाध्यक्ष खड्ग बुढाथोकिले नरीवल फुटाएर गर्नु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार सविन प्रीयासन, युवा ब्यवसायिहरु महेन्द्र बुढाथोकि, पारस बस्नेत, स्थानिय तथा केन्द्रिय कलाकारहरुको उपस्थिती रहेको थियो । चलचित्रको शुभमुर्हुत गर्दै उपाध्यक्ष बुढाथोकिले जिल्लावाटै ठुला पर्दाको चलचित्र निर्माण हुनु राम्रो पक्ष भएको बताउनु भयो । पछिल्लो समयमा अन्य जिल्लावाट दाङमा चलचित्रको छायाङ्कनका लागि आउनेक्रम बढेको बताउदै उहाले यसवाट चलचित्र छायाङ्कनका लागि दाङ उपयुक्त रहेको शन्देश दिएको उल्लेख गर्नु भयो ।

12974337_981099788654788_2797368530840517860_n

उपाध्यक्ष बुढाथोकिले निर्माणाधिन चलचीत्रलाई छिटो भन्दा छिटो देशभर एकैसाथ प्रर्दशनमा ल्याउन निर्माण पक्षलाई सुझाव दिदै चलचित्र निर्माण गर्नका लागि आफ्नोतर्फवाट सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । एन.आर. घिमिरेको लेखन तथा निर्देशन रहेको चलचित्र पर्सुरामले  अवैध कामहरुको पर्दाफास गर्न सहयोग पु¥याउने निर्माण पक्षको भनाई छ । समाजमा भइरहेका अवैध कामहरु र त्यसको पर्दाफासलाई मुख्य कथाबस्तु बनाई निर्माण गर्न लागिएको चलचित्र पर्शुरामको निर्माण नहुदै धेरै चर्चा गर्न थालिएको छ । सुनिल वर्सौलाको प्रस्तुति रहेको चलचित्रको नायकमा कुशल थापा, नायिकाहरुमा स्वस्तिका क्षेत्री र जानकि बस्नेत र संगितमा टंक बुढाथोकि, ओम सुनार रहनु भएको छ भने अन्य कलाकारहरुमा नवराज रावत, घनश्याम गिरी, तेज ऐर, भानु प्रताप, धुव्रराज अधिकारी हुनुहुन्छ। स्थानिय कलाकारहरुको सहभागिता रहने चलचित्रको दाङसहीत विभिन्न जिल्लाहरुमा अधिकांश भागको छायाङ्कन हुने निर्देशक घिमिरेले बताउनु भयो ।