इन्द्रेणी संवाददाता
दाङ १२ चैत्र वावुको सँघर्षलाई छोराको आँखाले हेरिएको उपन्यास कर्णाली व्लुज लेखेर नेपाली साहित्यमा नयाँ तरङ्ग ल्याएका युवा आख्यानकार वुद्धिसागर दाङ्ग आउने भएका छन् । उनी आफ्नो दोश्रो कृति फिरफिरेको चर्चा र पाठकसँग प्रत्यक्ष संवाद गर्नका लागि चैत्र १५ गते दाङ्ग आउन लागेका हुन् । लेखक र कृतिका वारेमा निरन्तर अन्तक्र्रिया गर्दै आएको मदानी साहित्य समुह नेपालको आयोजनामा हुने  कार्यक्रममा उनले फिरफिरे र आफ्नो लेखनी यात्राकोे वारेमा पाठकसँग प्रत्यक्ष छलफल गर्ने मदानीका संयोजक वसन्त विवश आचार्यले वताए ।

budवोक्सी र अन्धविश्वासका कारणले समाजमा पारेको प्रभावका वारेमा लेखिएको फिरफिरे अहिले चर्चा रहेको उपन्यास हो । मधेसी र पहाडी समुदायको कथालाई उपन्यासमा वलियो ढँगले उनीएको छ । “मैले भोगेको र देखेका कुरालाई उपन्यासमा शब्दले उनेको मात्र हुँ ” लेखक वुद्धिसागरले फिरफिरेका वारेमा ट्विट गरेका छन् । तीनवर्षको निरन्तर लेखनीले फिरफिरे तयार भएको वताउने उनले फिरफिरेको प्रारम्भिक प्रतिक्रियाबाट आफु निकै हौसिएको समेत वताए । कार्यक्रम नेपाल पत्रकार महासँघ घोराहीको सभाहलमा ३ वजे हुने कार्यक्रम सँयोजक नविन अभिलाषीले जनाएका छन् ।