काठमाडौं, १९ चैत्र। नेपालमा कोरोना जोखिम फेरि बढ्दै गएको छ । आमनागरिकको हेलचेक्रयाइ र सरकारको पूर्वतयारी फितलो हुँदै जादा ‘कोरोना ग्राफ’ उकालो लाग्दै गरेको पाइएको छ ।
जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन नहुँदा र सरकारबाट रोकथाम तयारी फितलो हुँदा संक्रमित संख्या बढ्दै गएको विज्ञहरु बताउछन् ।
अधिकांश नागरिकले मास्क समुचित प्रयोग गर्न छाडेको र भौतिक दूरी कायम गरिरहेका छैनन् । सार्वजनिक यातायात, विद्यालय, फिल्म हललगायत भीडभाड हुने स्थानमा जनस्वास्थ्य मापदण्ड कार्यान्वयनमा आउन सकेका छैनन् ।











