काठमाण्डौ, ३१ असार
आज हरिशयनी एकादशी । आसार शुक्ल एकादशीका अवसरमा घरघरमा तुलसीको विरुवा रोपी हरिशयनी एकादशी मनाइँदै छ । हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण दिनका रुपमा लिइने यो दिन निराहार व्रत बसी भगवान् श्री विष्णु र तुलसीको पूजा अर्चना गरेमा आफ्नो मनोकामना पूरा हुने जनविश्वास छ । tulashi

वैदिक सनातन धर्म र संस्कृतिमा हरिशयनी एकादशीको ठूलो महत्व रहेको छ । हरिशयनी एकादशीको उपासना गरी ब्राह्मणलाई भोजन गराउनु, दक्षिणा दिनु, गौदान गर्नु, वस्त्रदान गर्नु जस्ता कार्यले मानिसका पूर्व जन्मका सबै पापको नास, पुण्यको वृद्धि भई मोक्ष प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

हरिशयनी एकादशिको अवसरमा आज देशका बिभिन्न स्थानमा रहेका मन्दिरमा भक्तजनको घुईचो समेत लाग्ने गरेको छ ।।