सल्यान, ३१ असार
सल्यानको सल्ली हुँदै रुकुमको चौरजहारी सम्मको सडक खण्डमा यातायातका साधनहरु बनगाड खोलामा अलपत्र परेका छन् । पानीको सतह बढेपछि खोला वारपार गर्न नपाई सवारीका साधन अलपत्र परेका हुन् । १३ बर्ष पहिलेदेखी खोलिएको सल्ली देखी चौरजहारी सम्मको ४० किमी सडकको स्तरोन्नती हुन नसक्दा दर्जन बढि यातायातका साधनहरु ठाउँ ठाउँमा फसेका छन् । khola

बनगाड खोलाको मुलखोला ८ त्रिबेणी बजार नजिकै पक्की पुल नहुँदा बर्षेनी त्यस खोलामा सास्ती हुने गरेको छ । बुधबार बेलुका ५ बजे देखी रुकुमको चौरजहारी देखी नेपालगञ्जका लागी छुटेका रात्री वस, ट्रक, ट्याक्टर लगायतका साधनहरु बनगाड खोलामा पानीको सतह बढेकाले वारी र पारी थन्किएका छन् ।

यात्रुहरु घण्टौँ पैदल हिडेर गन्तब्यतर्फ जान बाध्य भएका छन् । सडकको स्तर उन्नतीको लागी बर्षेनी बजेट आएपनि ठेकेदार र सडक डिभिजनका कर्मचारीहरुको लापरबाहीका कारण सडकको स्तर उन्नती हुन सकेको छैन ।।