काठमाडौँ, ३१ असार
नेकपा माओवादी केन्द्रसँग गत वैशाखमा भएको नौ बुँदे सहमति कार्यान्वयन गरेको भए नेकपा–एमाले नेतृत्वको वर्तमान सरकार र गठबन्धन समेत अल्पमतमा पर्ने थिएन । तर केपी ओली र एमालेका केही स्वार्थी समूहको चंगुलमा परेका मान्छेहरुले नौ बुँदे सहमतिलाई कार्यान्वयन हुन दिएनन् । त्यसको मक्सद एउटा मात्रै थियो माओवादीलाई साइजमा ल्याउने र आफ्नो स्वार्थ पूरा गर्ने ।
माओवादीलाई साइजमा ल्याउने बाहानामा ओलीले यति नराम्रो खेल खेले कि जसले नेपाली राजनीतिक इतिहासमा वाम गठबन्धनले विराम लिन पुगेको छ । नौ बुँदे सहमति कार्यान्वयन गर्न नदिने स्वार्थी तत्व केपी ओली र उनको वरिपरि नै रहेको स्वार्थी समूह नै हो ।
केपी ओली, इश्वर पोखरेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल जस्ता स्वार्थी समूहको योजनामा ओली नौ बुँदे सहमति कार्यान्वयन गर्न तयार भएनन् । ओलीको भित्री मनमा पनि माओवादीलाई साइजमा ल्याउने भन्ने नै थियो ।
उनले सरकारमा सहभागी माओवादीलाई दलको मान्यता समेत दिएनन् । आफ्नो भातृ संगठनको जस्तो व्यवहार गरे । माओवादीका मन्त्रीले सम्हालेका मन्त्रालयमा गरिने राजनीतिक नियुक्तीमा हस्तक्षेप गरे ।।