नवलपरासी, ३१ असार
नवलपरासीको मध्यविन्दु नगरपालिकाको चोरमारा जंगलमा रोकी राखेको ट्रकमा बस ठोक्कीदा २१ जना घाईते भएका छन् । ५ जनाको अवस्था गम्भिर रहेको छ ।
पुर्वबाट पश्चिम तर्फ आउदै गरेको ना ५ ख ६२७४ नंम्बरको बस लु १ ख ६७५१ नंम्बरको रोकी राखेको ट्रकमा ठक्कर खादा बसका सवार २१ जना यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ ।
घाईतमद्ये ८ जनाको भरतपुर पुरानो मेडिकलमा र १३ जनाको स्थानीय मध्यविन्दु अस्पतालमा नै उपचार भैरहेको प्रहरीले जनाएको छ ।।
