प्युठान, ३१ असार
चालु आर्थिक वर्षमा प्युठानका विभिन्न क्षेत्रमा गरी २ सय ३० जना नयाँ उद्यमी सृजना भएका छन् । गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम लागु भएका उदयपुरकोट, विजुली, धरमपानी र रस्पुरकोटमा १ सय जना, लुङ, तोरवाङ, तिराम र चुँजामा १ सय ४ जना नयाँ उद्यमी सृजना भएका हुन् ।udhami

यस्तै, मेडप मोडल अनुसार तिराम र तोरवाङ गाविसको लगानीमा २६ जना उद्यमी सृजना गरिएको ग्रामीण आर्थिक विकास मंच प्यूठानका जिल्ला कार्यक्रमका संयोजक रञ्जना श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रम मार्फत ४४ लाख ३० हजार र दुवै गाविसको गरी २ लाख ९ हजार २ सय ५८ रुपैयाँ लागनी भएको छ ।

६ महिनाको अवधिमा नयाँ उद्यमी सृजना भएकोमा २ सय ९ जना महिला र २१ जना पुरुष रहेका छन् । उद्यमीहरुले कृषि, पशु पालन, होटेल व्यवसाय, कटाइसलिाइ र अन्य सीपयुक्त काम गरिरहेका छन । साथै, मेडप अन्तर्गत जिल्लाका तिराम, रजवारा र ढुंगेगढीमा गाउँ उद्यम विकास रणनैतिक योजना समेत निर्माण गरिएको छ ।।