श्रममन्त्री दीपक बोहराले जेनेभाको एउटा सम्मेलनमा भाग लिन जाँदा हवाइ टिकटका नाममा मात्र करिब एक लाख ५० हजार ‘घोटाला’ गरेको तथ्य सार्बजनिक भएको छ यो राज्यकोषको चरम दोहन हो । करिब एक महिनाअघि जेनेभामा पुर्व निर्धारित कार्यक्रम अनुसार मन्त्री तथा अन्य कर्मचारी जाने तयारी थियो
यस्तो कार्यक्रममा लागि मन्त्रालयको आर्थिक प्रशासन महाशाखाले टिकट काट्नेदेखि सबै व्यवस्था मन्त्रालयले मिलाएको हुन्छ । तर, मन्त्री बोहराले भने आफ्ना लागि आफैँ टिकट काट्ने भन्दै मन्त्रालयलाई टिकट नकाट्न भन्नुभयो, त्यसैले हामीले सचिव सहसचिव हरुको मात्र टिकट काट्यौं मन्त्रालय श्रोतले जानकारी दियो
जेनेभा जाने र आउने हवाइ टिकटका लागि अधिकतम मूल्य एकलाख ६० हजार देखि ८० हजारसम्म छ । अत्यन्तै महंगो परेपनि २ लाखभन्दा बढी खर्च हुँदैन । तर, मन्त्री बोहराको भ्रमणमा भने ३ लाख १२ हजार ५ सय खर्च भएको देखाइएको छ ।
एउटै कार्यक्रममा सहभागी हुन सँगै विदेश गएका मन्त्रालयका सचिवको टिकट मूल्य २ लाख १२ हजार देखाइएको छ । तर, एउटै प्लेनमा गएका मन्त्री बोहराले भने ३ लाख १२ हजार तिरेको बिल पेश गरेका छन् । अनि कसरी भयो त एउटै प्लेनको भाडा दुइ प्रकारको ? के यो खुलेआम भ्रष्ट्राचार होइन ? जनजनको प्रश्न मन्त्री बोहरालाई।
श्रोत अनलाइनखबर