काठमाडौं, १७ पुस । राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजबाट शुरु हुँदैछ । अधिवेशनबीचको अन्तर छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्थाअनुसार आज शुक्रबारदेखि अधिवेशन शुरु गर्न लागिएको हो ।
प्रतिनिधि सभा विघटन भएपछि पहिलोपटक सङ्घीय संसद्को एक मात्र सदनको अधिवेशन बोलाइएको छ । अधिवेशन अपराह्न ४ बजेबाट शुरु हुने छ । सङ्घीय संसद् सचिवालयले अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।











