सल्यान, १५ पुस । कोभिड–१९ को कारण धेरैले रोजगारी गुमाउनुपरेको वर्तमान अवस्थामा बनबाट कसरी रोजगारी श्रृजना गर्न सकिन्छ भन्ने विषयमा सल्यानमा छलफल भएको छ ।
सामुदायीक वन उपभोक्ता महासंघ नेपाल र ग्रिन फाउन्डेशन नेपालको संयुक्त आयोजनामा मंगलबार कपुरकोटमा छलफल भएको हो ।सामुदायीक वनका उपभोक्ता, जनप्रतिनिधी, कर्मचारी लगायतका वीचमा कृषि, वन, पशुपालन, वन्यजन्तु पालन, जडिबुटी, जस्ता वन उद्यमसम्बन्धी कृयाकलापहरू संचालन गरी रोजगारी श्रृजना गर्न सकिने सम्भावना रहेको कार्यक्रमका वक्ताहरुले बताएका थिए ।
कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष भिम बहादुर सेनले सामुदायीक वनबाट रोजगारी श्रृजना गर्न सम्भावनाको खोजी आफुहरुले पनि गर्ने र यसमा सक्रियतापूुर्वक लाग्न सामुदायीक वन समुहका पदाधिकारीहरुलाई आग्रह गरे ।
कपुरकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका सेनले आफ्नो पालिकाले आर्थिक सम्बृद्धीका लागि वनको व्यवस्थापन, उपयोग सम्वन्धि स्थानीय वन ऐन पारित गरिसकेको बताए ।











