इन्द्रेणी संवाददाता
काठमाडौं, १३ पुस । व्यवसायिक उखु खेती गर्ने तराइका जिल्लाका उखु किसानहरु पुसको चिसोमा राजधानीमा आन्दोलन गर्दै आएका छन् । कठ्याग्रीदो चिसोलाई प्रवाह नै नगरी उनीहरु माइतीघरमण्डलामा रकम भुक्तानीको माग गर्दै धर्ना वसेको आज १५ दिन भइसक्यो ।

kisanतर, सरकार उनीहरुको कुरा सुन्ने भन्दा पछि पछिल्लो राजनीतिक संकटमा रुमलिएको छ । प्रधानमन्त्रीले संविधान विपरित प्रतिनिधिसभा विघटन गरेपछि ओलीपक्ष वाहेकका सबै राजनीतिक दलका नेताहरु पनि सडकमै छन् । यो अवस्थामा सरकारलाई आफू कसरी सुरक्षित हुने भन्नेमै केन्द्रित छ ।

अहिलेसम्म सरकारले उनीहरूको भुक्तानी दिलाउन कुनै पहल गरेको छैन । आन्द्योलनलाई कथर पार्नका लागि होला केही चिनी उद्योगीले किसानको खातामा रकम पठाएका छन् । तर सरकारले तोकेको भन्दा पनि कम दरमा भुक्तानी पाएको किसानहरूको गुनासो छ । त्यसैले सबै किसानको खातामा सबै भुक्तानी नपाउँदासम्म आन्दोलन जारी राख्ने उनीहरू बताएका छन् ।

चिनी उद्योगीहरूबाट उखु किसानहरूले झण्डै ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको बताइएको छ । गएको सात वर्षदेखिको भुक्तानी पाउन बाँकी रहेको आन्दोलनमा सहभागी किसानहरूले बताएका छन् । आफूहरूले दुःख गरेर उब्जाएको उखुको भुक्तानी नपाउँदासम्म आन्दोलनलाई जारी राख्ने किसानहरूले बताए ।