काठमाडौँ, ९ पुस । कोरोनाको कारण प्रभावित भएको नागढुङ्गा सुरुङमार्ग खन्ने काम सुरु भएको छ । हिजो मंगलबारदेखि सुरुङमार्ग खन्ने काम सुरु भएको सडक विभागका उपमहानिर्देशक अर्जुन थापाले बताएका छन् ।
उनका अनुसार सडक, खोला डाईभर्सन, बिस्फोट गर्नेलगायत विभिन्न तयारीको काम भइरहेको छ। सुरुङमार्ग खन्ने काम भने मंगलबारबाट औपचारिक रुपमा सुरु भएको छ । सुरुङमार्गमा दुई सय ९० जना नेपाली र २५ जना जापानी प्राविधिक टोलीले काम गरिरहेका छन् ।यो आयोजना सम्पन्न गर्न कुल २२ अर्ब रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।











