काठमाडौं, ८ पुस । नेकपाको प्रचण्ड–नेपाल समूहले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ । अर्का अध्यक्ष माधव कुमार नेपालले प्रचण्डलाई संसदीय दलको नेतामा प्रस्ताव गरेकोमा सर्वसम्मतिले चयन गरिएको हो ।
संसद भवन नयाँ वानेश्वरमा बसेको प्रचण्ड–नेपाल समूहको बैठकमा प्रतिनिधि सभा र राष्ट्रियसभाका गरी ११५ जना सांसद सहभागी थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विगठन गरेपछि नेकपा दुई पक्षमा विभाजन भएको छ ।











